ट्रपमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबीच तनाव आवश्यक छैन
- ३१ असार २०८१
- १ मिनेटको पढाई
वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिका बासीलाई सम्बोधन गरेका छन्। शनिबार उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भए पछि वाइडेनले सम्बोधन गरेका हुन्।
ह्याइटहाउस्थित ओभलबाट उनले १० मिनेट लामो मन्तव्य दिए। उनले अमेरिकाको राजनीतिक वातावरणमा कम तापक्रम हुनुपर्ने बताएका छन्। उनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताएका छन्।
वाइडेनले शनिबारको घटनापछि राजनीति शान्तिपूर्ण हुनुपर्ने मात्र बताएनन् अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरा मात्र नभएको तथा व्यवहारमा नै लागु गर्नुपर्ने विषय भएकोमा जोड दिए।