ट्रम्पको हत्या प्रयासपछि क्रेमलिनद्वारा राजनीतिक हिंसाको निन्दा
- ३१ असार २०८१
- २ मिनेटको पढाई
मस्को – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि क्रेमलिनले राजनीतिका सन्दर्भमा कुनै पनि हिंसाको कडा निन्दा गरेको प्रवक्ता दिमित्री पेसकोभले बताएका छन् ।
शनिबार एक चुनावी र्यालीमा हत्या प्रयासमा ट्रम्पको कानमा गोली प्रहार भएको थियो । घटनामा गोली चलाउने र एक दर्शकको मृत्यु भएको थियो भने अन्य दुई दर्शक गम्भीररूपमा घाइते भएका थिए ।
“क्रेमलिन राजनीतिक प्रतिस्पर्धाका सन्दर्भमा हिंसाको कुनै पनि उदाहरणको कडा निन्दा गर्दछ”, पेसकोभले टेलिफोन पत्रकार सम्मेलनमा भने । उनले उक्त आक्रमणमा मारिएका पीडितका परिवार’ प्रति रुसको ‘समवेदना’ व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
पेसकोभ र रुसको विदेश मन्त्रालय दुवैले आक्रमण पूर्वानुमान गर्न सकिने थियो भनेका छन् । “राष्ट्रपतिका उम्मेदवार ट्रम्पलाई राजनीतिक क्षेत्रबाट हटाउनका लागि सबै कानूनी उपकरण, अदालतहरू, अभियोजकहरू, राजनीतिक बदनाम गर्ने प्रयासहरू यी सबै बाहिरी पर्यवेक्षकहरूलाई उहाँको जीवन खतरामा छ भन्ने स्पष्ट छ”, पेसकोभले भने, “वर्तमान सत्ताले यो प्रयास गरेको हो भन्नेबारे हामी पटक्कै विश्वास गर्दैनौँ ।”
विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभले भने, “युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हतियार आपूर्ति गर्न मतदान गर्ने संयुक्त राज्य अमेरिकाका ती मानिसहरूलाई सन्देश दिएको छ किनकी उनीहरूको देशले रुसी सैनिकहरूलाई अगाडि बढ्नबाट रोक्न कोसिस गरिरहेका छन् ।”
उनले वासिङ्टनलाई आफ्ना ‘राजनीतिक विरोधी, मुलुक र मानिसहरूविरुद्ध घृणा बढाउने नीतिहरू’ को ‘सूची’ बनाउन सल्लाह दिए । उनले यस्ता नीतिहरूमा युक्रेनका लागि अमेरिकी समर्थन समावेश भएको बताए ।
उनले टेलिग्राममा लेखेका छन्, “सम्भवतः यो पैसाको प्रयोग अमेरिकी प्रहरी र संयुक्त राज्य अमेरिकामा कानून र व्यवस्था सुनिश्चित गर्ने अन्य सेवाहरूमा गर्नका लागि राम्रो हुनेछ ।”
पश्चिमी मुलुकहरूले धेरै अवसरमा मस्कोमाथि राजनीतिक विरोधीहरूलाई हिंसात्मक तरिकाले समाप्त गरेको आरोप लगाएका छन् तर राष्ट्रपति भ्लादिमिर पुटिनको शासनले उक्त आरोपलाई अस्वीका गर्दछ ।
हालै प्रमुख रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको फेब्रुअरीमा आर्कटिक जेलमा रहस्यमय अवस्थामा मृत्यु भएको थियो ।