११ बैशाख २०८२, बिहिबार
24 April 2025, Thursday

बङ्गलादेशमा चर्किरहेको हिंसात्मक गतिविधिको विरोधमा न्यूयोर्कमा र्‍याली

बङ्गलादेशमा चर्किरहेको हिंसात्मक गतिविधिको विरोधमा न्यूयोर्कमा र्‍याली

चमेली खाती परियार, न्यूयोर्क

न्यूयोर्क : बङ्गलादेशमा चर्किरहेको हिंसात्मक गतिविधिको विरोधमा आइतबार न्यूयोर्कमा र्‍याली निकालिएको छ। संयुक्त राज्य अमेरिकामा ‘all Hindu Community people in new york’ भन्ने संस्थाद्वारा न्यूयोर्क राज्यको क्विनस को Diversity Plaza मा विरोध र्याली निकालिएको हो।

विगत केही समयदेखि बङ्गलादेशमा चर्किरहेको हत्या हिंसा र त्यहाँको राजनैतिक धार्मिक सामाजिक संस्थाहरूले गरेको विरोध प्रदर्शनीमा भएका हिंसात्मक घटनाहरूको विरुद्धमा बङ्गलादेशी नागरिकहरूले बुद्धिस्ट क्रिश्चियन हिन्दु र अरु संघसंस्थाहरूको सहयोगमा पोस्टर पमपेलेट बोकी र्याली निकालिएका हुन्।

उक्त विरोध र्‍यालीमा युवा बच्चा वृद्ध महिला लगायत सबैको सहभागिता रहेको थियो। र्‍यालीमा क्रिस्टन बंगलादेशीहरुलाई मार्न बन्द गर , बुद्धिष्ट बंगलादेशीहरुलाई मार्न बन्द गर, बंगलादेशमा अल्पसंख्यकहरूलाई मार्ने काम बन्द गर, न्याय न्याय हामी मात्र न्याय चाहन्छौं, जस्टिस जस्टिस हिन्दू न्याय चाहन्छन्, न्याय ,न्याय ,अल्पसंख्यकहरू न्याय चाहन्छन्, न्याय न्याय हामी न्यायको माग गर्छौं लगायतका नारा लगाइएको थियो।

पम्प्लेटहरुमा मेरो घरमा किन आक्रमण गर्ने? हामी न्याय चाहन्छौं, मेरो घरहरू किन लुट्ने? हामी न्याय चाहन्छौं, मेरी दीदीबहिनीलाई किन बलात्कार गर्दैछौं हामी न्याय चाहन्छौं, दोषीहरुलाई ,कारबाही कारबाही प्रत्यक्ष कारबाही, हिन्दु बंगलादेश, बंगलादेश मार्न बन्द गर जस्ता नाराहरु लेखिएको थियो।