नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकल मलिनोस्कीको निधन
- १० भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- सन् २००१ देखि २००४ सम्म नेपालका लागि अमेरिकी राजदूत रहेका माइकल मलिनोस्कीको निधन भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । ‘उनको प्रतिबद्धता र सेवाले नेपालमा अमेरिकी मिसनमाथि महत्वपूर्ण र स्थायी प्रभाव पारेको छ’, थम्पसनले भनेका छन् ।
मलिनोस्कीले अमेरिकाको विदेश मिसन अन्तरगत पिलिपिन्स, अफगानिस्तान, मेक्सिको लगायतका ठाउँमा पनि काम गरेका थिए । उनी काठमाडौं र पेशावरमा गरेको कामका कारण ‘सुपेरियर अनर अवार्ड’बाट पुरस्कृत समेत भएका थिए ।