भेनेजुएलाका नेता गोन्जालेजले देश छाडे
- २३ भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो । त्यसपछि उनी लुकेर बसेका थिए ।
स्वेच्छाले केही दिन स्पेनको दूतावासमा शरण लिएपछि गोन्जालेजले स्पेनिस सरकारसँग राजनीतिक शरण मागेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगोजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सरकारले सुरक्षित निकासका लागि सहमति दिएको र गोन्जालेजले देश छाडेको उनले बताएका छन् ।
उनले स्पेनमा राजनीतिक शरण मागेको भेनेजुएला सरकारले बताएको छ ।