भारतीय यात्रुवाहक विमानमा बमको धम्की पछि आपतकालीन अवतरण
- २३ भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- भारतको मुम्बईबाट जर्मनीको फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टाराको यात्रुवाहक विमानमा बमको धम्कीपछि पूर्वी टर्कीमा आपतकालीन अवतरण गरेको छ ।
२४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको बताइएको छ ।
भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् ।