६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा वित्तीय साक्षरता तथा सामाजिक सुरक्षा कोष सम्बन्धी प्रशिक्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा वित्तीय साक्षरता तथा सामाजिक सुरक्षा कोष सम्बन्धी प्रशिक्षण

न्यूयोर्क : नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)ले वित्तीय साक्षरता तथा सामाजिक सुरक्षा कोष सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। अक्टोवर २३ शनिवारको दिन उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

अमेरिकाको न्यूयोर्कमा भएको उक्त कार्यक्रममा फाईन्यानसियल लिटरेसि क्याम्पिनर ( Financial Literacy Campaigner)साङ दोर्जे शेर्पाले वित्तीय कोष सम्बन्धी विस्तृतरूपमा जानकारी दिएका थिए। सामजिक सुरक्षा कोष सम्बन्धी जानकारी दाजीमा शेर्पाले दिएका थिए। उनले सामाजिक सुरक्षा कोषको सुबिधाहरू कहिले र कसले लिन मिल्छ, यसका फाइदा र बेफाइदाको बारेमा, उमेरको हदबन्दी, महिला र पुरुषमा भिन्नता, एकल महिला , श्रीमान श्रीमती बीचको करको दायरा र यसबाट पाउने फाइदा र बेफाइदाको विषयमा ३ तिन घण्टा लामो समयसम्म व्याख्या विश्लेषण उत्तर प्रतिउत्तर गरेका थिए।

यो कार्यक्रमले फिप्नामा आवद्ध संस्थाहरू मात्र नभएर न्यूयोर्कमा बसोबास गर्ने धेरै मानिसहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम फिप्नाका माहसचिव दिपक चौधरीले Financial Literacy and Social Security Benefit हाम्रो समाजको लागि अति नै आवश्यक विषय रहेको र यो कार्यक्रमले धेरै मानिसहरूलाई सहयोग पुग्ने बताउँदै कार्यक्रम शूर गरेका थिए।

कार्यक्रमा फिप्ना र अरू अन्य नेपाली सघं सस्थाको विशेष व्यक्तित्वहरूको उपस्थित रहेको थियो। फिप्ना संघीय परिषदको सभापति , वरिष्ठ उपाअध्यक्ष , महिला उपाअध्यक्ष, सचिवद्वय , कोषाध्यक्ष ,सल्लहाकारहरू र सदस्य संस्थाका अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।

अन्तमा फिप्नाको अध्यक्ष तोरण गुरुङले कार्यक्रमको सकरात्मक पाटोमा चर्चा गरेका थिए। उनले आगमी दिनहरूमा यस्ता अरु धेरै कार्यक्रम हुने त्यस्तो कार्यक्रमहरुमा सहभागी भइ लाभ लिनको निमित्त आग्रह गरे।