६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

दक्षिण काेरियामा नेपालीले खेले देउसी भैलो

दक्षिण काेरियामा नेपालीले खेले देउसी भैलो

दक्षिण काेरिया: महान् पर्व तिहारको अवसरमा दक्षिण कोरियामा काम विशेषले बसोबास गर्ने नेपालीले देउसी भैलो खेली रमाइलो गरेका छन् । यस पटक तिहारको देउसी खेल्ने मुख्य दिन शनिबार र भाइटीका आइतबार परेकाले कोरियामा भव्य रुपले मनाइएको हो ।

कोरियामा शनिबार र आइतबार सार्वजनिक बिदा दिइन्छ । कोरियामा ईपिएस प्रणाली अन्तर्गत रोजगारीमा आएका करिब एक लाख र विद्यार्थी भिसामा आएका सयौँको सङ्ख्यामा नेपालीहरू छन् । शनिबार सुवानस्थित कसम रेष्टुरेन्टमा १०० भन्दा बढी ईपिएस अन्तर्गत रोजगारीमा रहेका तथा विद्यार्थीहरू भेला भएर देउसी खेल्दै तिहार मनाएका छन् ।

लाखौँको सङ्ख्यामा विदेशिएका नेपालीहरूले आफूसँगै आफ्नो संस्कृति पनि लगेका छन् । नमिठा पलहरू बिर्सेर कोरियाको सुवानमा युवाहरू भनिरहेका छन्, “भन भन भाइ हो, देउसिरे ।”