८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

त्रिवेणी टाइम्स परिवार र कान्तिपुर टेलिभिजनका सीईयोबीच भेटघाट कार्यक्रम

त्रिवेणी टाइम्स परिवार र कान्तिपुर टेलिभिजनका सीईयोबीच भेटघाट कार्यक्रम

न्यूयोर्क : त्रिवेणी टाइम्स परिवार र कान्तिपुर टेलिभिजनका सीईयो शिशिर पाछाईबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कान्तिपुरका सीईयो शिशिरसँग शनिबार ‘Meet and Great’ कार्यक्रम गरिएको हो।

भेटघाट कार्यक्रममा दुईपक्षबीच घरदेश र परदेशबीचको सामाजिक दूरी कम गर्न तथा सामीप्यताका लागि सञ्चारले खेल्ने भूमिकाको विषयमा गहन छलफल भएको थियो।

छलफलमा रोटरी कल्ब न्यूयोर्क क्विन्सका अध्यक्ष अर्बिन के सी , वरिष्ठ समाज सेवी लिला राई, न्यूयोर्क डेमोक्रयाटिक क्लबका महासचिव डा शेखर गिरी , समाजसेवी तथा व्यवसायी जीवन बम, गोरखा समाजका अपाध्यक्ष कृण्ण भट्ट , मिथिला आर्टस्का हस्ति अजित शाह , गिरिजा फाउण्डेसनका सुवर्ण लामा जस्ता व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रमको संयोजन त्रिवेणी टाइम्सका म्यानिजिङ डाइरेक्टर खाम भट्टद्वारा गरिएको थियो।

कार्यक्रममा सहभागी सबैले विभिन्न समसामयिक विषयमा चासो पूर्वक छलफल गरेका थिए। वर्तमान अवस्थामा देश विदेशमा रहेका नेपालीहरूको विषयमा सञ्चारमाध्यमले खेलेको भूमिकाको बारेमा पनि चर्चा भएको जनाइएको छ।

चासो पूर्वक गरिएको छलफल अर्थ पूर्ण रहेको सहभागीहरूले जनाएका छन्।

कार्यक्रममा पाछाईलाई त्रिवेणी परिवारको तर्फबाट उनले सञ्चार जगतमा गरेका योगदानको कदर गर्दै सम्मानस्वरुप Token of love समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पाछाईले त्रिवेणी टाईम्सले छोटो समयमा मारेको फड्को प्रशंसा गरेका थिए। उनले आफ्नो तर्फबाट त्रिवेणी टाइम्सलाई यथा सम्भव सहयोग र सहकार्य गरेर जान सकिने विचार पनि राखेका छन्।

सम्बन्धित खबर