१७ माघ २०८१, बिहिबार
30 January 2025, Thursday

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

न्युयोर्क- राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा जहाजमा उनीहरूबीच भेट भएको हो । भेटमा उनीहरूबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्या बारेमा संक्षिप्त कुरा भएको हो ।

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ,’ कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए ।

आजबाट शुरू भएको कोप–२९ सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै त्यहाँ पुगेका हुन्।