न्यूयोर्कमा आवश्यक वर्गलाई जाडोको कपडा वितरण (भिडियो)
२६ कार्तिक २०८१
१ मिनेटको पढाई
न्यूयोर्क : न्यूयोर्कमा हाल बढिरहेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको छ। रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन्स’लगायत अन्य चार क्लबहरुकाे सहयाेगमा आवश्यक लत्ता कपडा वितरण कार्य गरिएको हो। उक्त वितरण कार्यकममा आवश्यक कपडा लिनेकाे भिड नै लागेकाे थियाे । जाडो बढिरहेकोले जाडोको कपडा आवश्यक भएका धेरै मानिसहरूले कपडा पाएका आयोजकहरुले बताएका छन्।
‘आज हामी यो रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन्स’ र अन्य क्लबहरु मिलेर आवश्यक पर्ने धेरै मानिसलाई कपडा वितरण गर्ने कार्य गरिएको हो। अत्यधिक जाडो बढिरहेको समयमा यस कार्यले धेरैलाई सहयोग पुग्ने आश गरेका छौं’, रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन्स’का अध्यक्ष अरविन पौडेलले बताए। उनले आसपास हुने मानिसलाई आएर सहयोग गरिदिन पनि आग्रह गरेका छन्।
कार्यक्रममा उपस्थित रहेकी रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन्सब्रो वेस्टकी ‘beverly villafuerte ले यो कार्यले आवश्क वर्गको लागि सहयोग भएको बताएकी छन्।
कपडा वितरण कार्यक्रमले न्यूयोर्क सहरभित्र रहेका आवश्यक धेरै मानिसलाई धेरै सहयोग पुगेको क्लबमा पूर्व अध्यक्ष हंशराज जोशीले बताए। रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन्स’ ले विगतमा पनि यस्तै सेवामुलक कार्य गर्दै आएको छ। कार्यकममा पूर्व रोटरी क्लब अफ न्यूयोर्क ‘क्विन्स’का सदस्य लगायत अन्य सहयाेगीहरुकाे उपस्थिति थियाे।