१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

अष्ट्रेलियामा नयाँ वर्ष २०२५ को भव्य स्वागत

अष्ट्रेलियामा नयाँ वर्ष २०२५ को भव्य स्वागत

अष्ट्रियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ। हार्बर किनारामा भएको विश्वकै आकर्षक आतिशबाजी झण्डै दश लाख मानिसले प्रत्यक्ष हेरे।

१२ मिनेट लामो आतिशबाजीले कोकटु द्वीपदेखि पोइन्ट पाइपरसम्म करिब सात किलोमिटर क्षेत्रमा फैलिएको सिड्नी हार्बरलाई उज्यालो बनाएको थियो। यस उत्सवका लागि नौ टनभन्दा बढी पटाका प्रयोग गरिएको थियो।

यस पटक दश नयाँ डिजाइनहरूमा चराचुरुंगी, माछा, जेलिफिस, इमूका पाइला, र माछा मार्ने काँटीको अनौठो आकृतिहरू समावेश थिए। यो आतिशबाजी २०२४ लाई बिदाइ गर्न सुरु गरिएका विश्वव्यापी उत्सवहरूमध्येका पहिलो ठूला कार्यक्रमहरूमा पर्छ। यसअघि नै न्युजिल्यान्ड उत्सव सुरु भइसकेको छ।