२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत छान्ने प्रयास, युद्धले घटे प्रतिनिधि

एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत छान्ने प्रयास, युद्धले घटे प्रतिनिधि

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनमा नयाँ नेतृत्व सर्वसम्मत छान्न प्रयास भइरहेको छ। सङ्घका अध्यक्ष बद्री केसीले चुनाव नगरी सहमतिमै सबै पद टुङ्ग्याउने गरी छलफल भइरहेको बताए।

यसअघि सङ्घले भौतिक र अनलाइन दुवै माध्यमबाट मतदान गराउने तयारी गरेको थियो। चुनाव भएको खण्डमा ४ हजार २८६ प्रतिनिधिले भोट हाल्ने व्यवस्था मिलाइएको थियो।

तर, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतका अनुसार महाधिवेशनमा करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित छन्। मध्यपूर्वमा चलिरहेको युद्धका कारण धेरै प्रतिनिधि आउन नसकेको उनले बताए।

उनले भौतिक उपस्थिति कम भए पनि एकताको महाधिवेशन भएकाले अनलाइनबाटै सबै जना उत्साहपूर्वक सहभागी भइरहेको जानकारी दिए।