७ कार्तिक २०८३, शनिबार
24 October 2026, Saturday

जलवायु न्याय पाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

जलवायु न्याय पाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको असर प्रष्ट पारेको भन्दै जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायलाई आग्रह गरेकी छन्।

चीनमा आयोजित सन् २०२६ को विश्वव्यापी शासन फोरममा बोल्दै उनले हिमालय क्षेत्रको पर्यावरण जोगाउन चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्ने बताइन्। मौसमको जानकारी आदानप्रदान, हिमनदी अनुगमन र विपद् व्यवस्थापनमा सबै देशले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।

उनले विश्वमा शक्तिको सट्टा कानुनको शासन हुनुपर्ने र कमजोर देशहरुको आवाज पनि सुनिने व्यवस्था हुनुपर्नेमा जोड दिइन्। शान्ति, विकास, गरिबी निवारण र वातावरण संरक्षणमा सबै राष्ट्रले मिलेर काम गर्नुपर्ने उनले प्रष्ट पारिन्।