२ चैत्र २०८२, सोमवार
16 March 2026, Monday

दक्षिण कोरियाली विमानमा आगलागी

दक्षिण कोरियाली विमानमा आगलागी

न्युयोर्क- दक्षिण कोरियाको विमानस्थलमा मंगलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको छ। जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीले बताएका छन्।

दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागमा आगलागी भएको यातायात मन्त्रालयले जनाएको छ।

विमानका १६९ यात्रु, ६ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ।

उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन।