६४ जना सवार रहेको अमेरिकी विमान हेलिकप्टरसँग ठोक्कियो
- १७ माघ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको वासिंगटन डीसीमा अमेरिकी विमान र हेलिकप्टर एक आपसमा जुधेको छ । गएर राति स्थानीय समयअनुसार ९ बजे वासिंगटन डीसीको नेशनल एयरपोर्ट नजिकैको पोटोमैक नदीमा विमान र हेलिकप्टर एक आपसमा जुधेको थियो ।
पीएसए एयरलाइन्स बाम्बार्डियर सीआरजे ७०० नाम भएको रिजनल जेट विमान त्यहाँको रीगन वासिंगटन नेशनल एयरपोर्टको रनवे ३३ मा जाने क्रममा सिकोरस्की एच ६० हेलिकप्टरसँग जुधेको थियो ।
अमेरिकन एयरलाइन्सका अनुसार उक्त विमान ६० यात्रु र ४ जना क्रु मेम्वर सवार थिए । विमान र हेलिकप्टर उडान भरेकै अवस्थामा एक आपसमा जुधिएको थियो । विमान उक्त पोटोमैक नदीमा दुर्घटना भएर खसेको छ ।
विमान र हेलिकप्टर जुधेर भएको क्षतिमा परेर के कति क्षति भएको छ, त्यो विवरण आइ नसकेको बीबीसीले जनाएको छ । पोटोमैक नदीमामा दुर्घटना भएको उक्त विमान र यात्रुहरुको खोजविन भइरहेको छ ।