इजरायल-हमासबीच युद्धविराम–बन्धक सम्झौता भएको बाइडेनको घोषणा
- ०३ माघ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गरेका छन । जसले गाजामा लडाइँलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणबद्ध रिहाइ हुने बताइएको छ ।
हमास र यसका सहयोगी लडाकु समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्धविरामको क्रममा ३३ जना बन्धकलाई रिहा गर्नेछन्। यो सम्झौता आफूपछि आउने राष्ट्रपतिले लागू गर्नुपर्ने बताए ।