ट्रम्पको शपथग्रहणमा भारतबाट विदेशमन्त्री जयशंकर जाँदै
- ०४ माघ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- ४७औँ अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सरकारको प्रतिनिधित्व गर्नेछन्।
ट्रम्प—भान्स उद्घाटन समितिको निमन्त्रणामा उनी शपथग्रहण समारोहमा भाग लिने तयारीमा रहेको विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ। भ्रमणको क्रममा जयशंकरले आगामी प्रशासनका प्रतिनिधिहरू, साथै केही अन्य प्रतिष्ठित व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन्।
ट्रम्पले जनवरी २० मा औपचारिक कार्यक्रममा शपथग्रहण गर्ने कार्यक्रम हुने तय भएको छ। डोनाल्ड ट्रम्पले ३१२ इलेक्टोरल मतले जिते भने ह्यारिसले २२६ मत पाएकी थिइन् ।