१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पूर्जी जारी

बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पूर्जी जारी

न्युयोर्क- भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध भारतमा पक्राउ पूर्जी जारी भएको छ।

पतञ्जली योग पीठका संस्थापक समेत रहेका बाबा रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।केरला औषधी नियन्त्रण विभागले औषधी  ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

भारतीय सञ्चारमाध्यमले अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको बताएका छन् ।