१२ बैशाख २०८२, शुक्रबार
25 April 2025, Friday

इजरायलको एक बस्तीको नाम राखियो ‘ट्रम्प वन’

इजरायलको एक बस्तीको नाम राखियो ‘ट्रम्प वन’

न्युयोर्क- जुडिया क्षेत्रमा रहेको इजरायली सहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिकाको एक भागको नाम ‘ट्रम्प वन’ (टी–१)’ पुनर्नामकरण गर्ने घोषणा गरेका छन् । ‘ट्रम्पको दोस्रो कार्यकाल विशेषगरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो,’ मेयर गाइ यिफ्राचले भने, ‘हामी ट्रम्पलाई विश्वास गर्छौं । उनले आगामी महिना यस क्षेत्रमा निर्माण कार्यलाई बढाउने विश्वास छ ।’

पहिले मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको सो भाग बेस्ट बैंक (पश्चिम किनारा)सीमाको ‘क्षेत्र सी’अन्तर्गत छ, जहाँ इजरायली–प्यालेस्टिनी सम्झौताअनुसार इजरायली प्रशासनिक र सुरक्षा अधिकार कायम छ । आवास संकटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजना बाइडन प्रशासनलगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् । मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गर्दै इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेमबीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गरे ।

यसअघि पहिलो कार्यकालमा ट्रम्पले पहिलेको सिरियाली भूमि ‘गोलन हाइट्स’माथि इजरायली सार्वभौमिकता स्वीकार गरेसँगै इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो ।