१० बैशाख २०८२, बुधबार
23 April 2025, Wednesday

भ्रष्टाचार आरोपमा श्रीलंकाली पूर्वराष्ट्रपति राजपाक्षेका छोरा पक्राउ

भ्रष्टाचार आरोपमा श्रीलंकाली पूर्वराष्ट्रपति राजपाक्षेका छोरा पक्राउ

न्युयोर्क- श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा योशिता राजपाक्षे पक्राउ परेका छन्। भ्रष्टाचारको आरोपमा प्रहरीले उनलाई गृहनगर बेलियाट्टाबाट पक्राउ गरेको हो। श्रीलंकाली समाचार संस्था डेली मिररका अनुसार योशितामाथि उनका बुबा राष्ट्रपति हुँदा गैरकानुनी रूपमा सम्पत्ति खरिद गरेको आरोप छ।

योशितामाथि आफ्नी हजुरआमाको नाममा माउन्ट लाभिनियामा जग्गा खरिद गरेको आरोप छ। प्रहरीले उक्त जग्गा किन्न प्रयोग भएको पैसाको अनुसन्धान गरिरहेको छ। योशिता महिन्दा राजपक्षेका माइला छोरा हुन्। राजपक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेका थिए।