९ बैशाख २०८२, मङ्लबार
22 April 2025, Tuesday

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

न्युयोर्क- पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको बताएका छन् ।

भारतीय स्टार्ट–अपहरूलाई किफायती मूल्यमा अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल उपलब्ध गराइएको प्रधानमन्त्री मोदीले बताए ।

“भारतले हाम्रो विविधतालाई ध्यानमा राख्दै आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको छ । हामीसँग गणना शक्ति जस्ता स्रोतहरू सङ्कलन गर्नको लागि एक अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल पनि छ । यो हामीले हाम्रो स्टार्टअप र अनुसन्धानकर्तालाई किफायती लागतमा उपलब्ध गराइएको छ । एआई भविष्य राम्रो र सबैका लागि होस् भनी सुनिश्चित गर्न भारत आफ्नो अनुभव र विशेषज्ञता साझा गर्न तयार छ,” प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्रीले भारतले बनाएको डिजिटल सार्वजनिक पूर्वाधार सबैको लागि खुला र पहुँचयोग्य रहेको बताए ।