जेलेन्स्कीले भने- अमेरिका र रुसबीच हुने शान्ति वार्तामा भाग लिँदैनौँ
- ०५ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले साउदी अरेबियामा हुने अमेरिका र रुसबीचको शान्ति वार्तामा भाग नलिने बताएका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘हाम्रो सहमतिबिना त्यस्ता कुनै पनि वार्ताले नतिजा दिँदैन र हामी त्यसलाई मान्यता दिँदैनौँ।’
उनले संयुक्त अरब इमिरेट्स र पछि साउदी अरेबियामा हुने आफ्नो भ्रमण पहिले नै तय भइसकेको पनि बताएका छन्। यो भ्रमण युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको शान्ति वार्तासँग सम्बन्धित नभएको उनको भनाइ छ।
मिडिया रिपोर्टका अनुसार, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा शान्ति वार्ता गर्न सक्छन्।