२ चैत्र २०८२, सोमवार
16 March 2026, Monday

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

न्युयोर्क- अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराएका हुन्। सोमबारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए। १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए। पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका लागि शतर्कताहरू लागू गरिएको थियो।