८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १६ सय जना बर्खास्त

यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १६ सय जना बर्खास्त

न्युयोर्क- डोनाल्ड ट्रम्प प्रशासनले ‘यूएसएआईडी’ का धेरैजसो कर्मचारीलाई बिदामा राखेको र थप कर्मचारीलाई हटाएको छ ।

आइतवार मध्यरातदेखि लागू हुने गरी ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ४ हजार २ सय जना कर्मचारीलाई बिदामा राखेको र कम्तीमा १ हजार ६ सय जना कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ ।

बिदामा राखिएकामध्ये कति जना कर्मचारीलाई फिर्ता गर्ने भन्ने टुङ्गो लागेको छैन तर यूएसएआईडीले यसअघि ६ सय ११ जना कर्मचारी आवश्यक रहने ठानेको थियो । ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन अर्बपति व्यापारी एलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डीओजीई) अन्तर्गत सङ्घीय कर्मचारीको सङ्ख्या घटाउने प्रयास गरिरहेको छ ।

एक अमेरिकी सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनालाई प्रतिबन्ध लगाएका थिए तर गएको शुक्रवार यो प्रतिबन्ध स्थायी नहुने बताएका थिए ।

सन् १९६१ मा यूएसएआईडीको स्थापना भएको थियो । कटौतीअघि यसमा झन्डै १० हजार जना कर्मचारी थिए ।