८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

न्युयोर्क- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताएका हुन्।

हिजो राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बता्एको बीबीसीले जनाएको छ ।

यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए । जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताएका हुन्।