७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

ट्रम्पले इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने

ट्रम्पले इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली सङ्घ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन्।

चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताए। अमेरिकाको युरोपेली सङ्घसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको बताए। अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाए ।

इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उनको भनाइ छ ।