पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला
- २३ फाल्गुन २०८१
- १ मिनेटको पढाई
पेरिस- फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ। पेरिस गारे डु नोर्ड रेल स्टेसनमा बम भेटिएपछि शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय एसएनसिएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको क्रममा रातभर ‘रेलमार्गको बीचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ।
आरइआर बी उपनगरीय रेलले एक्समा लेखेको पोस्टमा बम ‘दोस्रो विश्वयुद्धको समयको’ भएको उल्लेख छ।
पेरिस प्रहरीले यन्त्रलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च–गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा सबै ट्राफिक बन्द गरिएको थियो। रेल बन्द हुँदा यातायात अस्तव्यस्त छ।
गारे डु नोर्ड रेल स्टेशन पेरिसको उत्तरमा अवस्थित छ र देशको सबैभन्दा व्यस्त रेल टर्मिनल हो। एसएनसिएफका अनुसार यो टर्मिनलले प्रत्येक दिन अनुमानित सात लाख मानिसलाई सेवा प्रदान गर्दछ।