३ चैत्र २०८२, मङ्लबार
17 March 2026, Tuesday

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

न्युयोर्क- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सन् २०३० सम्म क्षयरोग (टीबी) अन्त्य गर्न तत्काल निर्णायक कदम चाल्न सदस्य राष्ट्रहरूलाई आह्वान गरेको छ।

विश्व टीबी दिवसको अवसरमा जारी विज्ञप्तिअनुसार, सन् २०२३ मा १९ लाख नयाँ सङ्क्रमितहरू दर्ता भएका छन्, जसमा ९५ हजार जनाको मृत्यु भएको छ। डब्ल्युएचओका क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जोखिममा रहेका व्यक्तिहरूले समयमै उपचार पाउनुपर्नेमा जोड दिएका छन्।

क्षयरोग ब्याक्टेरियाद्वारा फैलिने सङ्क्रामक रोग हो, जुन खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा फैलिन्छ। यसको उपचार विशिष्ट एन्टिबायोटिकबाट सम्भव भए पनि अझै धेरै मानिसहरूले यसबाट ज्यान गुमाइरहेका छन्।