३ चैत्र २०८२, मङ्लबार
17 March 2026, Tuesday

जापानमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय पाएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापानमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय पाएका कैदीलाई १४ लाख डलर पुरस्कार

टोकियो-  हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति
प्रदान गरिएको छ ।

यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उनको अन्तिम दिन हुनसक्ने डर थियो ।

हाल ८९ वर्षका पूर्व बक्सरले सन् १९६६ को चार व्यक्तिको हत्या मुद्दामा गत वर्ष उनकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएको थियो ।

सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए ।

सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो ।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेको थियो । यसलाई उनले पछि फिर्ता लिएको अदालतले बताएको छ ।

स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो ।

तर हाकामादाको कानूनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ ।

दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् ।

हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी थिए। अघिल्ला सबै चारवटा मामिला पनि निर्दोष ठहरिएका थिए ।