फोर्डका कार्यकारी भन्छन्– “ट्रम्पसँग सहकार्यमा छौं, अमेरिका भित्रै उत्पादनको लागि राम्रो स्थितिमा छौं”
- २६ चैत्र २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी अटो निर्माता कम्पनी फोर्डका ब्लु र मोडल ई विभागका अध्यक्ष एन्ड्र्यु फ्रिकले राष्ट्रपती डोनाल्ड ट्रम्पको नयाँ भन्सार नीतिको सन्दर्भमा कम्पनी राम्रो स्थितिमा रहेको बताएका छन्। उनले फोर्डले ८०% सवारीसाधन अमेरिका भित्रै उत्पादन गर्ने र यसलाई अझ वृद्धि गर्न चाहेको स्पष्ट पारे।
भन्सारका कारण अमेरिका भित्र आपूर्ति श्रृंखला मजबुत बनाउन जरुरी रहेको भन्दै, यस विषयमा कम्पनी प्रशासनसँग सहकार्य गरिरहेको छ। साथै, ग्राहकलाई राहत दिन फोर्डले एप्रिल ३ देखि जुन २ सम्म कर्मचारी मूल्यमा सवारी बेच्ने योजना ल्याएको छ।
‘अमेरिकाबाट, अमेरिकाको लागि’ भन्ने अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकप्रति प्रतिबद्धता जनाएको छ।