“न्युयोर्कमा माया केसीलाई स्याङ्जा समाज अमेरिकाद्वारा भव्य स्वागत”
- २७ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रियका सल्लाहकार तथा स्याङ्जा समाज सहयोग समाज कतारका संस्थापक, सफल व्यवसायी, समाजसेवी तथा एनआरएन अभियन्ता माया केसीलाई स्याङ्जा समाज अमेरिकाले न्युयोर्कमा भव्य स्वागत गरेको छ ।
युएनएमा आइएमओ इन्टरनेसनलको कार्यक्रममा आएकी उनलाई न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा एक कार्यक्रमबीच सम्मान गरिएको हो ।
कार्यक्रममा केसीलाई विभिन्न सामाजिक अभियन्ताहरु र स्याङ्जा समाज अमेरिकाका पदाधिकारीहरुले स्वागत गरेका थिए।
स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समाजका अध्यक्ष वीरेन्द्रजंग केसी, स्याङ्जा समाज अमेरिकाका प्रमुख सल्लाहकार विमला श्रेष्ठ हमाल, महिला उपाध्यक्ष अम्बिका केसी,उपाध्यक्ष प्रदीप खड्का, महासचिव शोभाकान्त पाण्डे, सल्लाहकार शिव केसी, युवा संयोजक सोनाम गुरुङ, आजीवन सदस्य सन्त रिसाललगायतको उपस्थिती रहेको थियो
माया केसीले स्वागत र सत्कारका लागि धन्यवाद दिँदै स्याङ्जा समाज अमेरिकाले गर्दै आएको काम र प्रगतिको प्रशंसा गरेकि थिइन्। उनले आगामी दिनमा समाजले अझै प्रगति गर्ने आशा व्यक्त समेत ब्यक्त गरिन्। उक्त स्वागत कार्यक्रमको सञ्चालन समाजका महासचिव शोभाकान्त पाण्डेले गरेका थिए।
सन्त रिसाल, न्युयोर्क