न्यू जर्सीमा बाबुद्वारा १३ वर्षीया छोरीमाथी गोली प्रहार
- १२ जेष्ठ २०८२
- १ मिनेटको पढाई
न्यू जर्सी – न्यू जर्सीको ओसन काउन्टीमा १३ वर्षीया छोरीलाई गल्तीले गोली हानेको आरोपमा एक बाबुमाथि मुद्दा दायर गरिएको छ।
स्ट्याफोर्ड टाउनसिपका ४७ वर्षीय एडगर बाएरगामाथि ज्यान मार्ने प्रयास र बालबालिकाको सुरक्षामा खलल पुर्याएको आरोप लगाइएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
उनीमाथि आरोप लगाइए अनुसार, शनिबार दिउँसो करिब २ बजे आफ्नो घरमा बन्दुक सफा गर्ने क्रममा उनले गल्तीले छोरीलाई गोली हानेका थिए। छोरीको पेटमा गोली लागेको थियो।
घटना भएको केही समयपछि बाएरगाले छोरीलाई नजिकैको अस्पताल पुर्याएपछि प्रहरीलाई खबर गरिएकाे थियो। अस्पतालका अनुसार बालिका हाल स्थिर अवस्थामा रहेकी छिन्।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ भने आरोपी बाएरगाको निकट भविष्यमा अदालतमा उपस्थित हुने कार्यक्रम तय भइसकेको छ।