पछिल्लो कठिन परीक्षणमा स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट
- १४ जेष्ठ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ को विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान फेरि असफल भएको छ । यो अन्तरिक्षयान अहिलेसम्म निर्मित सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रकेट थियो ।
मङ्गल ग्रहमा उपनिवेश स्थापना गर्ने एलन मस्कको महत्त्वाकाङ्क्षाका लागि यसलाई महत्त्वपूर्ण मानिएको थियो । यो रकेट स्टारशिपको नवौं परीक्षण उडान थियो ।
यो मानवरहित रकेट टेक्सासबाट मङ्गलवार बेलुकी सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । तर प्रक्षेपणको केही समयपछि रकेटमा समस्याहरू देखिएको र अनियन्त्रित भएको बीबीसीले जनाएको छ । स्पेसएक्सले रकेट हिन्द महासागरमा खस्नुअघि द्रुत गतिमा विभाजित भएको र टुक्रा–टुक्रा परेको बताएको छ ।
यसअघिका दुई पटकको परीक्षण उडानमा पनि यस्तै दुर्घटना भएको थियो । सामाजिक सञ्जाल प्टेलफर्ममा ‘एक्स’ मा कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने बताएको छ ।