२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

४१ वर्षपछि फेरि अन्तरिक्षमा भारतीय! ग्रुप क्याप्टेन शुभांशु शुक्लाको ऐतिहासिक यात्रा

४१ वर्षपछि फेरि अन्तरिक्षमा भारतीय! ग्रुप क्याप्टेन शुभांशु शुक्लाको ऐतिहासिक यात्रा

न्युयोर्क- ४१ वर्षपछि भारतले पुनः एकपटक अन्तरिक्षमा आफ्नो नागरिक पठाएको छ। ग्रुप क्याप्टेन शुभांशु शुक्ला ‘अक्सिअम–४’ (Ax-4) अभियानअन्तर्गत अन्तरिक्ष प्रस्थान गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (ISS) पुग्ने पहिलो भारतीय बन्नेछन्।

नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिशनमा अमेरिका, भारत, हङ्गेरी र पोल्याण्डका अन्तरिक्ष यात्री छन्।

भारतको इसरोले शुक्लाको तालिम र यात्राका लागि करिब ५ अर्ब रुपैयाँ खर्च गरेको छ। दुई हप्ताको बसाइमा उनले ७ वटा भारतीय वैज्ञानिक प्रयोग सञ्चालन गर्नेछन्।

प्रधानमन्त्री मोदीले यो उडानलाई सम्पूर्ण भारतीयको गर्व र आकांक्षाको प्रतीक बताएका छन्। शुक्लाको यात्रा भारतको मानव अन्तरिक्ष मिसन ‘गगनयान’, भविष्यको अन्तरिक्ष स्टेशन र चन्द्रमायात्राका योजनाहरूका लागि महत्त्वपूर्ण कदम मानिएको छ।