अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु
- २४ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ ।
सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो ।
उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।
दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।