जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबनधको घोषणा
- २८ भदौ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- नासाले अमेरिकाको वैधानिक भिसा भएका चिनियाँ नागरिकलाई आफ्नो प्रणाली, सुविधा र अनुसन्धानमा काम गर्न प्रतिबन्ध लगाएको छ। ब्लूम्बर्गका अनुसार उनीहरूले सेप्टेम्बर ५ देखि नासाको पहुँच गुमाएका हुन्। नासाले यो कदम भौतिक र साइबर सुरक्षाका लागि आवश्यक भएको जनाएको छ।
चीनले अन्तरिक्ष कार्यक्रम तीव्र गतिमा अघि बढाइरहेको कारण दुई मुलुकबीच प्रतिस्पर्धा बढेको छ। यसअघि नै चिनियाँ अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेशमा रोक लगाइएको थियो।
अमेरिकी अधिकारीहरूले यसलाई “दोस्रो अन्तरिक्ष दौड” भनेका छन्। उनीहरूका अनुसार चीनले चन्द्रमामा अमेरिका भन्दा अघि पुग्ने प्रयास गरिरहेको छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले खतरनाक हुने चेतावनी दिएका छन्।
चन्द्रमामा पाइला राख्ने प्रतिस्पर्धा स्रोत र खनिज पदार्थ नियन्त्रणसम्म जोडिएको छ, जसले भविष्यमा ठूलो सामरिक र आर्थिक महत्व राख्ने अनुमान गरिएको छ।