२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने बाटोमा : फोब्र्सको अनुमान

एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने बाटोमा : फोब्र्सको अनुमान

वासिङ्टन- फोर्ब्सका अनुसार विश्वकै धनी व्यक्ति एलन मस्क पहिलो दुई अङ्कको खर्बपति बन्ने सम्भावना बढ्दै गएको छ । अहिले उनको नेटवर्थ पाँच खर्ब डलर नाघे पनि टेस्लाको सेयर उतार–चढावले हाल करिब ४ खर्ब ९९ अर्ब डलरमा झरेको छ ।

मस्कपछि दोस्रो धनी ओरेकलका ल्यारी एलिसन (३ खर्ब ५० अर्ब डलर) र तेस्रो मेटाका मार्क जुकरबर्ग (२ खर्ब ४५ अर्ब डलर) छन् ।

विद्यार्थीदेखि उद्यमीसम्मको यात्रामा मस्कले कम्प्याकलाई पहिलो कम्पनी बेचेर ठूलो सफलता पाए, पेपालको सहसंस्थापक बने, २००२ मा स्पेसएक्स स्थापना गरे र २००४ मा टेस्लामा प्रवेश गरेर विश्वकै अग्रणी प्रविधि व्यवसायी बने ।

विशेषज्ञहरूका अनुसार टेस्ला, स्पेसएक्स र अन्य प्रविधि विस्तारसँगै मस्कले छिट्टै विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने सम्भावना बलियो देखिएको छ ।