२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नोबेल शान्ति पुरस्कार : ट्रम्पको चाहना, विज्ञहरूको शंका

नोबेल शान्ति पुरस्कार : ट्रम्पको चाहना, विज्ञहरूको शंका

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने दाबी गर्दै नपाए अपमान हुने बताएका छन् । तर ओस्लोका विज्ञहरूले उनको विभाजनकारी शैली र ‘अमेरिका फस्र्ट’ नीतिका कारण सम्भावना न्यून देखेका छन् ।

नोबेल पुरस्कार अक्टोबर १० मा घोषणा हुनेछ । यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्रका विजेताहरू सार्वजनिक हुनेछन् ।

३३८ जना व्यक्ति तथा संस्थाको नाम मनोनित भए पनि विज्ञहरूका अनुसार पर्दामुनि शान्ति स्थापना गर्ने स्थानीय मध्यस्थकर्ता, संघर्ष क्षेत्रमा कार्यरत स्वयंसेवक, गाजामा पत्रकारहरूको सुरक्षा समिति वा रिपोर्टर्स विदाउट बोर्डर्स जस्ता संस्था बलिया उम्मेदवार हुन् ।

साहित्यतर्फ स्विस लेखक क्रिश्चियन क्राक्ट बलिया दावेदार मानिएका छन् भने विज्ञानतर्फ प्रतिरक्षा प्रणाली, क्यान्सर स्टेम सेल र भोक नियन्त्रणसम्बन्धी अनुसन्धानले पुरस्कार पाउने सम्भावना देखिन्छ ।

नोबेल विजेताहरूलाई डिप्लोमा, स्वर्णपदक र करिब १२ लाख अमेरिकी डलरसहित सम्मान गरिन्छ । विज्ञहरूका अनुसार, यस वर्ष वास्तविक ‘शान्ति नायक’लाई प्राथमिकता दिने सम्भावना बढी छ ।