चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
- २० अशोज २०८२
- १ मिनेटको पढाई
स्टकहोम- यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणाली सम्बन्धी अनुसन्धानका लागि तीन वैज्ञानिक – अमेरिकी मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानी शिमोन साकागुची – लाई प्रदान गरिने भएको छ।
तीनै वैज्ञानिकले शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी–सेल’ नामक कोषहरूको भूमिका पत्ता लगाएका हुन्, जसले शरीरलाई विभिन्न रोगहरूबाट जोगाउन सहयोग गर्छ।
यो खोजले क्यान्सर उपचार, स्वप्रतिरक्षात्मक रोगको नियन्त्रण र स्टेम-सेल प्रत्यारोपणमा हुने जटिलता घटाउन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उनीहरूलाई संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर पुरस्कार र पदक प्रदान गरिनेछ।
नोबेल पुरस्कार हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र गरी छ विधामा दिइन्छ।