उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- २५ अशोज २०८२
- १ मिनेटको पढाई
सियोल- उत्तर कोरियाले वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवमा आयोजित सैन्य परेडमा नयाँ आइसिबिएम मिसाइल प्रदर्शन गर्यो। नेता किम जोङउनले व्यक्तिगत रूपमा परेड नेतृत्व गरे।
परेडमा रूस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए। किमले आफ्ना सैनिकहरूको वीरता र बलिदानको प्रशंसा गर्दै देशको रक्षा क्षमता देखाएका छन्।
केसिएनएले परेडलाई “अत्याधुनिक हतियार प्रदर्शन” र “उत्तर कोरियालाई बेवास्ता गर्न नसकिने सन्देश” भनेर वर्णन गरेको छ।
विशेषज्ञहरूका अनुसार, यो परेड वासिङ्टन र सियोलको गठबन्धनमा चुनौती दिने संकेत हो र चीन, रुस र उत्तर कोरियाको त्रिपक्षीय ब्लक तयार भएको देखाउँछ।