२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

काठमाडौँ- इन्टरनेट र एआईका विविध विषयमा २० भन्दा बढी देशका विज्ञहरूले नेपालमा चार दिनसम्म छलफल गरेका छन्।

एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सले आयोजना गरेको ‘एपीसिग २०२५’ सम्मेलन असोज २१ देखि २४ गतेसम्म चल्यो। सम्मेलनमा १६ चरणको छलफल र २२ विज्ञ वक्ताको प्रस्तुति भएको थियो।

नेपालसहित भारत, बङ्गलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मङ्गोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिङ्गापुर, फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायत २० देशका सरकारी अधिकारी, प्राध्यापक, अनुसन्धानकर्ता, पत्रकार र अधिकारकर्मी सहभागी भएका थिए।

सम्मेलनमा इन्टरनेटको जिम्मेवार प्रयोग, नियमन, एआईको अवसर र चुनौती, साइबर सुरक्षा, सामाजिक सञ्जाल व्यवस्थापन, भ्रामक सूचना, र पछाडि परेका समुदायको पहुँच जस्ता विषयमा गहन प्रस्तुति र छलफल भयो।

समापन समारोहमा ललितपुरका प्रमुख चिरीबाबु महर्जन र आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले सहभागीलाई प्रमाणपत्र प्रदान गरे।