कोभिड–१९ सङ्क्रमणले मुसाहरूको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावना : अध्ययन
- २५ अशोज २०८२
- १ मिनेटको पढाई
सिड्नी- मेलबर्नका वैज्ञानिकले गरेको नयाँ अध्ययनले कोभिड–१९ सङ्क्रमणले भाले मुसाको शुक्राणुमा परिवर्तन ल्याउने र त्यसको असर सन्तानमा देखिने पाएका छन्।
सङ्क्रमित मुसाबाट जन्मिएका सन्तानहरू असङ्क्रमित मुसाका सन्तानभन्दा बढी चिन्तित देखिएका थिए। विशेषगरी पोथी सन्तानको मस्तिष्कको हिप्पोक्याम्पस क्षेत्रमा भावनासँग सम्बन्धित जीनहरूको काम गर्ने तरिकामा परिवर्तन भएको थियो।
अनुसन्धानले देखाएको छ कि कोभिड सङ्क्रमणले शुक्राणुमा रहेको आरएनएमा असर पुर्याएर मस्तिष्क विकासमा असर पार्न सक्छ।
वैज्ञानिकहरूले भने यो नतिजा मुसामा देखिएको भएकाले मानिसमा पनि त्यस्तै असर हुन्छ कि हुँदैन भन्ने कुरा अझै पक्का गर्न बाँकी रहेको बताएका छन्।