२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

बेइजिङ- चीनमा जेनेरेटिभ एआई प्रयोग गर्ने मानिसको सङ्ख्या दोब्बर भएको छ। अहिले करिब ५१ करोडभन्दा बढी मानिस यो प्रविधि प्रयोग गरिरहेका छन्।

चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (CNNIC) का अनुसार, केवल छ महिनामै २६ करोडभन्दा बढी नयाँ प्रयोगकर्ता थपिएका छन्। सन् २०२४ को अन्त्यमा २५ करोड जति प्रयोगकर्ता थिए, अहिले त्यो सङ्ख्या दोब्बर भइसकेको छ।

अब चीनमा एआई प्रयोग दर ३६.५ प्रतिशत पुगेको छ, जसले देखाउँछ कि मानिसहरू यो प्रविधिप्रति निकै चासो राख्न थालेका छन्।

विशेषज्ञहरूले भनेका छन्, एआईले शिक्षा, व्यापार, सञ्चार र मनोरञ्जनजस्ता क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको छ।