२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

चीनको आरोप– अमेरिकाले साइबर आक्रमण गर्‍यो

चीनको आरोप– अमेरिकाले साइबर आक्रमण गर्‍यो

बेइजिङ चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ।

चीनको भनाइमा, एनएसएले विदेशी मोबाइल कम्पनीको कमजोरी प्रयोग गरेर केन्द्रका कर्मचारीहरूको उपकरणबाट संवेदनशील जानकारी चोरी गरेको थियो।

सन् २०२३ देखि २०२४ सम्म केन्द्रको प्रणालीमा घुसपैठ गर्ने प्रयास भएको पनि चीनले दाबी गरेको छ।

मन्त्रालयले प्रमाण भएको भनेको छ तर सार्वजनिक गरेको छैन। अमेरिकाले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।