२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

न्युयोर्क-  नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा कारोबार सुरु गरेको छ।

कृत्रिम बौद्धिकता (AI) क्षेत्रमा काम गर्ने यो कम्पनीले दुई वर्षअघि ‘मर्जर’ गरेको थियो र अब ‘फ्युज’ नाममा धितोपत्र कारोबार गर्न थालेको हो।

डा. मास्केले भने, “सानो टिमबाट सुरु गरेको हाम्रो प्रयास आज नास्डाकसम्म पुगेको छ, यो नयाँ यात्राको सुरुवात हो।” फ्युजमेसिन्समा हाल करिब ३५० कर्मचारी कार्यरत छन्, जसमा २६० जना नेपालमै छन्।

नास्डाकले विज्ञप्ति जारी गर्दै CSLM Acquisition कम्पनी र फ्युजमेसिन्स इन्कबीचको साझेदारी प्रक्रिया पूरा भई बिहीबारदेखि औपचारिक कारोबार सुरु भएको जनाएको छ।

मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) डा. समीर मास्के र प्रमुख वित्त अधिकृत (CFO) क्रिष्टिन च्याम्बर्स रहेका छन्। सञ्चालक समितिमा समीर मास्केसहित भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम छन्।

योसँगै नेपालीले स्थापना गरेको कम्पनी पहिलोपटक नास्डाकमा सूचीकृत हुँदै विश्वबजारमा प्रवेश गरेको छ।