२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ट्रम्पले क्यानाडासँगको सबै व्यापार वार्ता रोकिदिए

ट्रम्पले क्यानाडासँगको सबै व्यापार वार्ता रोकिदिए

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग चल्दै आएका सबै व्यापार वार्ता अहिलेबाटै बन्द गर्ने घोषणा गरेका छन्।

उनको भनाइ अनुसार, क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नाम दुरुपयोग गरेर एउटा विज्ञापनमा गलत कुरा प्रस्तुत गरेको रहेछ।

ट्रम्पले आफ्नो Truth Social मा लेखेका छन्, “क्यानाडाले अनुचित काम गरेकोले अब उनीहरूसँगका व्यापार नीतिहरू समाप्त।”

उनको दाबी अनुसार, रोनाल्ड रेगन फाउन्डेसनले पनि सो विज्ञापनमा नक्कली सामग्री प्रयोग भएको पुष्टि गरेको छ।

यो सब त्यतिबेला भएको हो, जब क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी केही हप्ताअघि वाशिङ्टन गएर भन्सार शुल्क कम गरिदिन आग्रह गरेर फर्किएका थिए। त्यतिखेर ट्रम्पले त उनलाई ‘विश्व स्तरीय नेता’ भन्दै निकै प्रशंसा गरेका थिए।

तर, शुल्क कम गर्ने बारे ट्रम्पले त्यतिबेला पनि कुनै वाचा गरेका थिएनन्।

फाउन्डेसनको भनाइ अनुसार क्यानाडाले रेगनले बोलेको पुरानो अडियो भिडियो काटछाँट गरेर विज्ञापन बनाएको रहेछ। त्यसैलाई लिएर अहिले कानुनी कारबाही गर्ने कुरा पनि चलिरहेको छ।

ट्रम्पले भने यो विज्ञापनले अमेरिकी सर्वोच्च अदालतको शुल्कसम्बन्धी निर्णयलाई प्रभाव पार्ने उद्देश्य राखेको आरोप पनि लगाए।

हाल अमेरिकात क्यानाडा USMCA सम्झौतामा जोडिएको छ। यो पनि ठ्याक्कै “हामी चिउरा–चिउरा खाइरहेका छौँ, तर थालै खोस्न खोजे जस्तो” अवस्था हो।

ट्रम्पले लगाएको स्टिल, एल्युमिनियम र अटो उद्योगमा बढेको शुल्कले क्यानाडामा रोजगारी हराउँदै गएको र उद्योगहरू छटपटाइरहेको क्यानाडाको गुनासो छ।