२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो- जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टोकियोमा उच्चस्तरको भेट भएको छ। दुवैले अमेरिका-जापन सम्बन्ध अब स्वर्ण युगमा प्रवेश गर्ने दाबी गरेका छन्।

ताकाइचीले ट्रम्पको संघर्ष रोक्ने प्रयासको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न लागिएको बताइन्।

ट्रम्पले जापानलाई सबैभन्दा बलियो साथी भन्दै सुरक्षादेखि व्यापारसम्म सहकार्य बढाउने वाचा गरे। उनीहरूले दुर्लभ खनिज आपूर्ति शृङ्खला मजबुत बनाउन सम्झौतामा पनि हस्ताक्षर गरिदिए। यो कदम चीनको प्रतिबन्ध र अमेरिकी कर बढुवाको बीचमा आएको हो।

ट्रम्पले जापानी स्टार ओहतानीको खेल हेर्दा ढिलो आएकोमा मजाकिया शैलीमा माफी पनि मागे। ताकाइचीले रक्षा बजेट जिडिपीको २% पुर्‍याउने संकेत गरेर अमेरिका पनि खुसी पार्ने प्रयास गरिरहेकी छन्।

टोकियो विश्वविद्यालयका विज्ञहरू भन्छन्- पूर्व पीएम आबेसँग ट्रम्पको घनिष्टता भएकाले ताकाइचीका लागि सम्बन्ध प्रवाह सजिलो छैन। तर ट्रम्पले भने, “उनी मेरो मित्र आबेका उत्कृष्ट उत्तराधिकारी।”

ट्रम्प अहिले एसिया टुरमा छन्। पछि दक्षिण कोरिया हुँदै सी जिनपिङ र सम्भवतः किमसहित पनि भेट हुन सक्ने संकेत छ।