२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति

अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति

न्युयोर्क- अमेरिका र चीनले अब प्रत्यक्ष सैन्य सञ्चार च्यानल खोल्ने भएका छन्। अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले चीनका समकक्षी एडमिरल डोङ जुनसँग भेटपछि यो घोषणा गरेका हुन्।

हेग्सेथका अनुसार दुवै देशबीचको सम्बन्ध अहिले ‘अहिलेसम्मकै राम्रो अवस्थामा’ पुगेको छ। तर उनले दक्षिण चीन सागरमा चीनका गतिविधिको आलोचना गर्दै अन्य एसियाली देशलाई सतर्क रहन भनेका छन्।

चीनले भने अमेरिकामाथि क्षेत्रीय मामिलामा हस्तक्षेप गरेको र तनाव बढाएको आरोप लगाएको छ। यसबीच, फिलिपिन्सले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डसँग गरेको संयुक्त नौसैनिक अभ्यासपछि चीनले त्यसले ‘क्षेत्रीय स्थिरता बिगारेको’ प्रतिक्रिया दिएको छ।