२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

जापानमा ‘टोकियो सप्ताह’ : नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियान

जापानमा ‘टोकियो सप्ताह’ : नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियान

टोकियो – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आयोजनामा ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह महायज्ञ सुरु भएको छ। टोकियोस्थित शिन्ज्युकुमा सुरु भएको सप्ताहव्यापी महायज्ञमा कथा वाचन पण्डित दिनबन्धु पोखरेल र बौद्धगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले प्रवचन दिएका छन्।

एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले नेपालीबीच एकता, भाइचारा र आध्यात्मिक चिन्तनलाई मजबुत बनाउन महायज्ञ आयोजना गरिएको बताए। पूर्वअध्यक्ष नवीन निउरेले चिवा केनमा खरिद गरिएको जमिनमा बहुसांस्कृतिक केन्द्र निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्य रहेको स्पष्ट पारे।

महायज्ञले नेपाली कला–संस्कृतिको प्रवर्द्धन र नयाँ पुस्तालाई पूर्वीय दर्शन पुस्तान्तरण गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु भएको कार्यक्रमअन्तर्गत दैनिक पूजापाठ, प्रवचन, भजनकीर्तन र प्रसाद वितरण गरिनेछ।